Sujang

डोटीमा विद्युत सर्ट हुँदा एक होटेलमा आगलागी

६ लाख बराबरको नोक्सानी

Ban
गणेश मौनी,असोज ४ डोटी :डोटीमा बिद्युत् सर्ट हुँदा एक होटेलमा गय राति आगलागी भएको छ।
डोटीको दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडीका कृष्णबहादुर कुन्जेडाको होटेलमा विद्युत सर्ट भई  बुधवार राति आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताउनु भयो ।
आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडा वर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउन्टर र पसल पछाडि राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  आगलागीबाट अन्दाजी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.