डोटी -न्याय परिषद्ले उच्च अदालतका लागि डोटी सिलगढी निवासी अधिवक्ता गोविन्द जोशीलाई सिफारिस गरेको छ । जिल्ला बार एसोसिएसन डोटीका संस्थापक अध्यक्ष तथा लामो समय देखि अधिवक्ताका रूपमा कार्यरत जोशीलाई शुक्रवार सिफारिस गरेको हो । शुक्रवार बसेको न्याय परिषद्को बैठकले अधिवक्ताबाट ६ जना, जिल्ला न्यायाधिसहरुबाट १८, न्याय सेवाबाट ३ जना गरी २७ जनालाई सिफारिस गरेको थियो ।
जसमध्ये जोशी अधिवक्तातर्फ सिफारिसमा परेका हुन् । जोशीले आफ्नो अनुभव र कानुनी प्रावधान अनुसार न्याय सम्पादनमा भूमिका खेल्ने प्रतिक्रिया दिए।
२०३१ सालमा जन्मिएका जोशी कानुन विषयमा स्नातक गरेका छन् ।