Sujang

डडेल्धुरामा कार दुर्घटना हुँदा ४ जना घाइते

असोज ३ गते –डडेल्धुरामा कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । सोमबार धनगढीबाट डोटीका लागी हिडेको सु.प.प्र ००१ च ३३६८ नम्बरको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका – २ गजरौलामा दुर्घटना भएको हो।

दुर्घटनामा हुँदा दिपायल सिलगढी नगरपालिका- ३ का गोपाल सूचिकार, अमन सूचिकार, सन्तोस नेपाली र चालक कृष्ण ऐर घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

सडकबाट करिब २५ मिटर तल खसेको कारमा सवार सबै घाईते भएका छन् ।

घाईतेहरुको उपचारका लागी उप-क्षेत्रिय अस्पताल डडेल्धुरामा लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.