डोटी : डोटी स्थित सेती नदीले बगाउँदा बेपत्ता भएका बालकको अवस्था अज्ञात रहेको छ । शुक्रवार दिउँसो शिखर नगरपालिका–११ सिमार बेडखेतका प्रकाश नेपालीका साढे २ वर्षीय छोरा रेन्जर नेपाली सेति नदिमा बगेर बेपत्ता भएका हुन् ।
बालकको खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला पारि नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।
कपडा धुन गएकी फुपूसँग नदीमा गएका बालक बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।