भाद्र २२, डोटी :ब्याडमिन्टन सङ्घ जिल्ला शाखा डोटीको अध्यक्षमा जगत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । सङ्घको साधारण सभाले खड्काको नेतृत्वमा १४ सदस्यीय समिति निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा खडग शाह, श्याम नेपाली र सरिफ कुमार श्रेष्ठ, सचिवमा सुमित श्रेष्ठ र कोषाध्यक्षमा हिक्मत मलासी चयन भएका छन् ।
सदस्यहरूमा टङ्क प्रसाद श्रेष्ठ, कर्ण प्रसाद श्रेष्ठ, रवीन्द्र नारायण श्रेष्ठ, गणेश बहादुर मल्ल, रोहन जोशी, रेखा खडका, सुशीला श्रेष्ठ र सुस्मा मलासीलाई चयन भएका छन् । ब्याडमिन्टन संघकोे १३ महिनाको कार्यकाल पूरा गरी डोटी जिल्लाबाट सरुवा भई जान जान लागेका ब्याडमिन्टन खेलाडी तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलालाई पनि बिदाइ गरेको छ ।