Sujang

धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

धनगढी – कैलालीको धनगढीमा विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– ३ स्थित रहेको होल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर सोमबार राति स्थानीय ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको हो ।

विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले बताए ।

जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा स्थानीयले करेन्ट छाडेका खुलेको प्रहरीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.