प्रकाश बम ,असोज ३,डोटी-संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले ऐक्यबद्ध भएर लाग्नु पर्ने जिल्ला न्यायधिस शिवलाल पाण्डेले बताएका छन् ।
नेपालको संविधान जारी भएको आठौँ वर्ष पुगेको अवसरमा सिलगढीमा दिवसको अवसरमा गरीएको शुभकामना आदान प्रदान कार्यक्रममा बाेल्दै यस्तो बताएका हुन् ।
संविधान राज्यको मूल कानुन भएकाले यसको मर्म र भावनाबमोजिम राज्य व्यवस्था सञ्चालन गर्ने गर्दछ । उनले भने ,‘संविधानमा लिपिबद्ध जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आमनागरिकको पहुँचमा पुग्ने गरी वितरण गर्नेतर्फ सवैले जोड दिनु पर्दछ ।’
त्यस्तै कार्यक्रममा वोल्दै दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिँ खड्काले दिवसका अवसरमा सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । उनले सशस्त्र सङ्घर्ष तथा जनआन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाभको कामना समेत गरे । उनले भने ,‘ राष्ट्रिय एकता सुदृढीकरणका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले लाग्नु पर्ने हुन्छ । देशको मुहार उज्यालो वनाउन सवैकाे उत्तिकै दायित्त छ । जिम्मेवारी सवैले वहन गरे संविधान बलियो हुदै जान्छ ।’
कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनाराले नेपालको संविधानले समाजमा भएका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको वताईन् । उनले भनिन्,‘सार्वभौमसत्ता नेपाली जनतामा नीहित रहेको छ । जनता राज्य शक्तिको स्रोत भएका छन् ।’
कार्यक्रममा बाेल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले दिवसका अवसरमा सम्पुर्णमा शुभकामना व्यक्त गरीन् । संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा जोडेको वताईन् । संविधानको कार्यन्वयनमा सवैकाे उत्तिकै महत्वपुर्ण भुमिका रहेको वताईन् ।
शुभकामना आदान प्रदान कार्यक्रमा बाेल्दै नेपाल पत्रकार महासंघ डोटीका कोषाध्यक्ष चक्र वहादुर कुँवरले आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउने गरी अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताए । उनले भने,‘संविधानको मुल मर्म अनुसार अहिले पनि काम हुन सकेको छैन । अहिले पनि सार्वजनिक सुचना माग गर्दा सुचना सहज तरीकाले पाउन नसक्नु दुःख कुरा हो ।’
गैसस महासंघ डोटीका अध्यक्ष लाल विकले नेपालको संविधान उत्कृष्ठ भएको बताए । संविधानको कार्यन्वयनमा सवैले जोड दिनु पर्ने बताए ।
नागरीक समाजको तर्फवाट शुभकामा मन्तव्य राख्दै महेन्द्र प्रसाद श्रेष्ठले अहिले पनि संविभानले दिएका अधिकार अनुसार जनताले अनुभित गर्न नपाएको बताए ।
संविधान दिवसको अवसरमा गरीएको शुभकामना आदान प्रदान कार्यक्रमको समापन गर्ने क्रममा वोल्दै जिल्ला समन्यव प्रमुख लक्ष्मण बहादुर सिंहले संविधान सवैका लागि वरावरी भएको बताए । संविधानलाई कार्यन्वयन गर्न सवै लाग्नु पर्नेमा उनले जोड दिए ।
संविधान दिवसका अवसरमा सिलगढीको इन्द्रचोक देखि शैलेश्वरी मन्दिर हुँदै दिपायल सिलगढी नगरपालिका सभाहल सम्म वाजा गाजा,प्लेकार्ड सहित प्रभात फेरि निलालिएको थियो ।