Sujang

कैलालीमा हातहतियारसहित ४ जना पक्राउ

कैलाली ,भदौ १४ :कैलालीमा हतियारसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर ७ का अर्जुन बिक, रामचन्द्र चौधरी, नरेश डगौरा र सचिन चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीको गस्ति टोलिले उनिहरुलाई गएराति लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाबाट पक्राउ गरेको हो ।
उनिहरुको साथबाट प्वाइन्ट २२ हर्नेट(बन्दुक) नाल १, सोको म्यागजिन थान १, गोली १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय लम्कीमा राखि थप अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख कान्तिराज जोशीले जानकारी दिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.