Sujang

बडिमालिकामा अक्सिजन अभावले बिरामी भएका २ जनाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा,१२ भदौ :बाजुराको धार्मीक तथा पर्यटकीय स्थल बडीमालिकाको दर्शन गर्न गएका दुई जना अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की ६५ वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको हो।
पाटनमा अक्सिजन अभाव पछि लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ता जनक रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । भने धामी जिल्ला अस्पताल बाजुरामा उपचारपछि निको भएर घर फर्किनु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहराले बताए।

धार्मीक स्थल बडीमालिकाको दर्शनका लागि गएका ती तिर्थयात्री सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा त्रिवेणी पाटनस्थित खोलामा बेहोस अवस्थामा भेटिएको र न्यौपानेलाई दुर्गाभञ्जन गुल्मले त्रिवेणीमा संचालन गरेको मेडिकल क्याम्पमा ल्याई अक्सिजन सहित प्राथमिक उपचार पछि मंगलबार उद्धार गरेर सुर्खेत लगिएको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएको छ।
घाइते भएर बेहोस भएका न्यौपाने बर्वराउने र बेला बेलामा बोल्ने गरेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान पर्ने अवस्था आएको दुर्गाभञ्जन गुल्म बाजुराका गुल्मपति धर्मेन्द्र बहादुर सिंहले बताए ।

सोमबारनै उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बडीमालिकाको त्रिवेणी धाममा गएको भएपनि मौसम खरावीका कारण मार्तडी रहेको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.