Sujang

बझाङकाे बिकास बारे जिल्ला सभामा छलफल

ताक्लाकाेट नाका खाेल्न सरकारलाई तााकेता गर्ने

Ban

बझाङ ,८ गते :बझाङकाे सम्रग बिकास निर्माण र अवस्थाकाे बारे जिल्ला सभामा बृहत छलफल भएकाे छ ।

Krishi

शुक्रबार संचालन भएको बझाङकाे साताै जिल्ला सभामा सहभागी वक्ताहरूले जिल्लाकाे बिकास निमार्णकाे अवस्था गर्नु पर्ने कामहरू र भैरहेका राम्रा पक्ष र कमी कमजोरीका बाारेमा समिक्षा भएकाे छ ।
जिल्ला समन्वय समितिले आयाेजना गरेकाे साताै जिल्ला सभा तथा आ.व ०७९/०८० काे बार्षिक समिक्षा कार्यक्रमकाे उद्घाटन सत्रमा बाेल्ने पार्टीका नेताहरू लगायत अन्य ब्यक्तिहरूले जिल्लाकाे चैनपुर ताक्लाकाेट सड्क निमाण लाई छिटोभन्दा छिटाे ताकेता गर्नु पर्ने बिद्धुत संचारकाे समस्यालाई दिगाे बनाउनु पर्ने साथै अन्य शिक्षा स्वास्थ्य र आर्थिक अवस्था सुधारको लागि स्थानीय,प्रदेश र संघ सरकारले सहकार्य र समन्वय गरेर अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए ।
साथै जिल्ला सभामा जिल्लाकाे १२ वटै स्थानीय तहले आ .व ७९/८० मा गरेका याेजना कार्यक्रम बजेट उपलब्धि समस्या र चुनाैतिका बारेमा कार्यपत्र प्रस्तुत गरिने भएकाे छ । यसका साथै बिकासीय कार्यालय र गैरसरकारी संस्थाकाे पनि प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेकाे जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी श्याम खड्काले जानकारी दिनु भएकाे छ ।
जिल्ला सभामा स्थानीय तहका प्रमुख उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत साथै कार्यालय प्रमुखहरू,संघसंस्थाका प्रतिनिधि ,पत्रकारहरूकाे सहभागीता रहेकाे छ । दुई दिन सम्म संचालन हुने जिल्ला सभाकाे सभाअध्यक्ष समन्वय प्रमुख नर बहादुर बाेहरा रहनु भएकाे छ ।
जिल्ला सभामा सहभागी सबैले बझाङ चैनपुर ताक्लाकाेट सड्क खण्डलाइ छिटोभन्दा छिटाे संचालनमा ल्याउन सके सुदूरपश्चिम पदेश र देशकै बिकासमा टेवा पुग्ने बताएका छन् । बझाङकाे सदरमुकाम चैनपुर देखि उरै भन्ज्याङ्ग १सय १७ किलोमिटरकाे दुरीमा रहेकाे छ । साे सडक खण्ड निर्माण कम्पनीलाई छिटो छरितो काम गर्न सरकारले निर्देशन दिनु पर्ने देखिन्छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.