Sujang

निःशुल्क आँखा शिविरमा सात सय दश जनाले लिए सेवा

प्रकाश बम,असोज १,डोटी-डोटीको शिखर नगरपालिकाको ७ र ९ वडामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा सात सय दश जनाले सेवा लिएका छन् । शिखर नगरपालिका डोटीको आयोजना तथा गेटा आँखा अस्पतालद्वारा सञ्चालित शिखर आँखा उपचार केन्द्रको सहयोगमा निःशुल्क आँखा शिविर गरिएको हो ।
दुई दिन सम्म सञ्चालन गरिएको आँखा शिविरमा बिहीबार नगरका ७ र ९ वडामा रहेका विभिन्न विद्यालयमा अध्ययनरत पाँच सय जना विद्यार्थिहरुका निःशुल्क आँखा चेकजाँच गरिएको गेटा आँखा अस्पतालद्वारा सञ्चालित शिखर आँखा उपचार केन्द्रका इन्चार्ज नवीन न्यौन्यालले बताए । उनका अनुसार पाँच सय जना विद्यार्थिहरु मध्य चस्मा आवश्यक पर्ने सत्र जनालाई  निःशुल्क चस्मा वितरण गरिएको उनले बताए ।
त्यस्तै शनिवार सोही वडाका अति विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दुई सय दश जनाको निःशुल्क आँखा चेकजाँच गरिएको इन्चार्ज न्यौन्यालले बताए । ती मध्य बिस जनाको मोती विन्दुको अप्रेसन गर्नु पर्ने समस्या देखिएको उनले बताए ।
स्वास्थ्य उपचारका शिविर गाउँ गाउँमा सञ्चालन गरिए ग्रामीण भेगका सर्वसाधारणलाई ठुलो राहत पुग्ने भएकाले गाउँमा शिविर सञ्चालन गरेको शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले वताईन् । उनले भनिन्,‘यस्ता निःशुल्क स्वास्थ्य शिविर बेलाबेला ल्याए आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको उपचारमा सहयोग पुग्ने छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौ ।’
यसै गरी असोज ३ गते शिखर नगर पालिकाको –४ मा निःशुल्क आँखा शिविर गरिने नगर उप प्रमुख जोराले वताईन् ।
नगरवासीको समस्यालाई मध्यनजर गर्दै दसैँ लगत्तै नगर स्तरीय शल्यक्रिया शिविर सञ्चालन गरिने समेत उनले वताईन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.