Sujang

खाद्य अधिकार हननको सवालका बारेमा जानकारी 

Ban
असोज १, डोटी -खाद्य अधिकार हननको सवालका बारेमा जानकारी गराएको छ । शनिवार परिवर्तनका लागि कार्यरत युवा समूह ‘याक नेपाल’ धनगढी तथा खाद्य अधिकार सञ्जाल डोटीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
संस्थाले विगत लामो समय देखि खाद्य अधिकार सबलिकरण परियोजना ब्रेडफाेर द वल्र्ड जर्मनीको आर्थिक सहयोगमा सुदूर पश्चिमका नौ वटै जिल्लामा खाद्य अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको याक नेपाल धनगढीका अनुगमन अधिकृत पवित्रा भट्टले वताईन् । उनले भनिन्,‘ संस्थाले जनताको जिविको पार्जनमा प्रत्यक्ष जोडिएका सवालमा पैरवी गर्दै आएको छ । खाद्य अधिकार सम्बन्धी वनेका ऐन लागु गर्न जोड दिन्छौ । ’
संस्थाले दिपायल सिलगढी नगरपालिका –४ का वादी समुदायको वास स्थान तथा खाद्य अधिकार सुनिश्चितका बारेमा पैरवी गरिरहेको उनले वताईन् । त्यस्तै पुर्विचौकि गाउँपालिका–५ काडामाण्डौमा रहेका चार सय परिवारले लामो समय देखि भोग चलन गर्दै आएको जग्गा पूर्ण स्वामित्वका लागि मालिका गुठी व्यवस्थापन समितिलाई संस्थाले पैरवी लगायतको सहयोग गरी रहेको भट्ट वताईन् ।
Krishi
उक्त कार्यक्रममा बोल्दै मालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष गोरख बहादुर बोगटीले तिन सय वर्ष पहिले देखि आफ्ना पुर्खाहरूले बसोबास गर्दै चार सय परिवारले भोग चलन गरिरहेको चार सय परिवार भोग चलन गरिरहेको गुठी जग्गा पूर्ण स्वामित्वमा हुनु पर्ने बताए ।
उनले भने,‘ ५३ मोही जग्गामा नुवाघर,वोगटीगाउँ,वटालागाउँ र उपकाडा बसी रहेका छौ । जग्गा धनी पुर्जा नहुँदा कामका सबै बाटाहरू रोकिएका छन् । तत्काल हामीलाई भोग चलनको आधारमा जग्गा धनी पुर्जा दिन राज्य सँग जोडदार माग गर्दछौ ।’
गुठी जग्गामा बस्दै चार गाउँका परिवारले १० लाख सङ्कलन गरेर उक्त रकमको व्याज वाट भगवती मन्दिरमा पूजापाठका एक जना पुजारी र एक चौकीदार राखेका समितिका अध्यक्ष बोगटीले बताए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.