Sujang

बाजुरामा ट्याक्टर बगेर कैलालीका चालक सम्पर्क विहीन

Ban

साउन ८, बाजुराः बाजुरामा ट्याक्टर खोलामा बगेर कैलालीका चालक सम्पर्क विहीन भएका छन्। बाजुराको अनाया खोलामा आइतवार राति ११ बजे कोल्टीबाट आउने क्रममा से २ त ३२२५ नम्बरको ट्याक्टर खोलामा बगेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ को अन्दाजी २७र२८ वर्षीय डुबनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्याक्टर र ट्रली खोलाको बीच भागमा फेला परेको र चालक अझै बेपत्ता रहेको जनाइएको छ। चालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.