Sujang

बझाङमा चन्द्र गगन बसपार्कको शिलान्यास 

जगदीश रोकाया :बझाङमा बसपार्क को लागि स्थायित्व ठाउँ नभएर बेला बाउली गाड खोलाको वगडमा चन्द्रगगंन बसपार्क को शिलान्यास गरिएको छ। बझाङगि राजाका साग सन्तान हरूले आपनो पुर्खाको सम्झनामा २३रोपनी जमिन निःशुल्क दिएपछि शनिवार एक औपचारिक कार्यक्रम गरी चन्दगगंन आधुनिक बसपार्क नामा करण गरी शिलान्यास गरिएको हो। जिल्ला समन्वय समिति संयोजक नर बहादुर बोहरा र जय पृथ्वी नगरपालिका मेयर चेतराज बजाल ले संयुक्त रूपमा बसपार्क को शिलान्यास गरिएको थियो। बसपार्क निर्माण का लागि सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ५करोड बजेट विनियोजन गरी ठेक्का गरेपछि बसपार्क निर्माण को काम अगाडि बढ्ने भएको बसपार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा निर्माण को पहल पैरवी गर्ने किस्न बहादुर विष्ट दलले  बताए।                               बसपार्क निर्माणका लागि माटो जम्मा गरेर गरा विल गरिने पाँच वटा यात्रु प्रतीक्षालय एउटा सटर सहित शौचालय निर्माण गरिने भएको छ। बसपार्क लगायत बझाङमा तिन वटा योजना पान कोट कैलाश सडक, चैनपुर मयाना सडकको संयुक्त बजेट २५करोड हो। सघन सहरी तथा भवन निर्माण आयोजना का इन्जिनियर इन्द्र बोहराले भन्ने निमार्ण कम्पनीमा बैजेनाथ,किनारा र सक्ती सावित्री निर्माण सेवाले ठेक्का पाएको छ। किनारा निर्माण सेवाका प्रतिनिधि सूर्य बोहराले भन्ने चन्द्र गगन बसपार्क निर्माण छिटो छरितो र गुरणस्तरिय बनाउन आफू प्रतिबद्धता रहेको बताए। बसपार्क निर्माण भएपछि उद्घाटनको समय सम्म बसपार्क को बिचमा चन्दजङ बहादुर सिंह र गगंनजङ बहादुर सिंह को सालिक बनाउने जय पृथ्वी नगरपालिका मेयर चेतराज बजालले बताए। बझाङगि राजाहरूको परिवारले यस अगाडि पनि सरकारी कार्यालय विद्यालयका लागि पनि आपनो जग्गा निःशुल्क दिएका थिएँ।यो बजेटले मात्र बसपार्क को पूर्ण काम सम्पन्न नहुने हुँदा डिपिआर अनुसार को कामको लागि थप बजेटको आवश्यक हुने बताइएको छ।
Salmuni
Leave A Reply

Your email address will not be published.