Sujang

सर्पको टोकाइबाट डोटीमा एक वृद्धाको मृत्यु

सिलगढी : डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले बताए ।

छोरीसँग फोनमा कुरा गरिरहेका बेला भट्टलाई घरको आँगनमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि भट्टलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा बेलुका करिब ५.३० बजेतिर मृत्यु भएको भण्डारीले जानकारी दिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.