

असोज १,कैलाली -अवरिल बर्षासंगै आएको बाढीले कैलालीमा करिव १५ सय घर डुवानमा परेका छन् । बर्षासंगै विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण जिल्लाभर करिव १५ सय घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथांक अनुसार बाढीले जोशीपुर गाउपालिकामा ४०६ घर, लम्कीचुहा नगरपालिकामा १ सय १२ घर, भजनी नगरपालिकामा ७ सय घर, कैलारी गाउपालिकामा १६० घर, धनगढी उपमहानगरपालिकामा १४ घर, जानकी गाउपालिकामा ८० घर डुवानमा परेका छन् ।
घर डुवान क्षेत्रमा प्रहरी, नेपाली सेना,स्थानिय लगायतको टोली परिचालन गरि उद्धार कार्य भईरहेको डिएसपी बेद जोशीले वताए ।
बर्षासंगै नदीहरुमा जलस्तर बढेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको स्थानीय प्रशासनले जनाएको छ ।
