Sujang

अछाम पहिरो अपडेट: मृत्यु हुनेको संख्या १७ पुग्यो,६ जना अझै बेपत्ता

गीता कुँवर,अछाम-अछाममा पहिरो परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । ११ जना घाईतेको उद्धार गरिएको छ । ६ जना अझै बेपत्ता रहेका जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

कमलबजार नगरपालिका ६ मा ७ जना, वडा नं. ८ मा ५ जना, यस्तै तुर्माखाँद गाँउपालिकामा ५ मा ४ जना र ढकारी गाँउपालिका ६ मा एकजनाको शव फेला परेको छ । ढकारीका ३ जना घाईतेको थप उपचारका हेलिकप्टर मार्फत सुर्खेत पठाईएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

तुर्माखाँद गाँउपालिकाका ५ जना र ढकारी गाँउपालिकाका एक जना अझै बेपत्ता रहेका छन् । तुर्माखादँमा पहिरोले २ घर पुरिएका छन् भने कमलबजारमा २ घर र ढकारीमा एकघर पुरिएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.