
असोज १ ,अछाम -बिहीबार रातीदेखि लगातारको वर्षाले अछामका विभिन्न ठाउँमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
जिल्लाको कमलबजार नगरपालिकामा -८ मा पहिरोले घर पुरिँदा ५ जनाको शब ,ढकारी गाउँपालिका -६ मा १ जना ,कमल बजार नगरपालिका -६ मा ४ जना र तुर्माखाद गाउँपालिका -५ मा २ जनाको शव फेला परेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार ११ जना बेपत्ता ११ जना घाइते भएका छन्।
सवैतिर प्रहरी टोली पुगेर उद्धार कार्य सुरु गरिएको रिजालले बताए । विस्तृत विवरण आउन बाँकी छ ।