Sujang

सुदूरपश्चिम प्रदेशमा दुई राज्यमन्त्री नियुक्त

भदौ ३१, धनगढी -सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला मन्त्री  डा.रणबहादुर रावलले जानकारी दिए ।

उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।

यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्बर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोढारीलाई पठाएको हो ।

यस्तै नेकपा एमालेमा प्रवेश गरेपछि बर्खास्तमा परेका कुलवीर चौधरीको ठाउँमा समाजवादीले बुढाथोकीलाई राज्यमन्त्री बनाएको हो ।

Salmuni
Leave A Reply

Your email address will not be published.