

डोटी:डोटीको के.आई.सिंह. गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ । जेठ सम्म सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसक्नुपर्ने भएकाले पालिकाले जेठ १६ गतेसम्म बालबालिकाहरूलाई पूर्ण खोप लगाएर जिल्लाकै तेस्रो स्थानीय तहमा घोषणा भएको छ ।
शनिवार पालिकाको हलमा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गरिएको हो । बालबालिकाहरूको हक,अधिकार भित्र खोप पनि पर्ने भएकोले सबै बालबालिकाहरूले सबै प्रकारका खोप अनिवार्य लगाउनुपर्ने हुन्छ ।
पालिकाका र वडामा रहेका स्वास्थ्य संस्थाहरूले स्वास्थ्यका सबै क्षेत्रका कामहरू जिल्ला स्वास्थ्यमा जानकारी हुनुपर्ने पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वयका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । स्वास्थ्य,शिक्षा र कृषि क्षेत्रमा विशेष जोड दिन अनुरोध गर्दै स्वास्थ्यका पहुँचमा नपुगेका जनतालाई ख्याल गरेर सेवा दिन निर्देशन दिए ।
पालिकाले स्वास्थ्यका क्षेत्रमा सधैँ चिन्तन भएर अगाडि बढिरहेको के.आई.सिंह .गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । पालिकाका जनताको स्वास्थ्य अवस्थाका विषयमा बढी जोड गर्दै आइरहेको र आगामी दिनमा अझै स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने उनले बताए ।
पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा १ देखि ७ वटै वडा,स्वास्थ्य संस्थाहरूलाई सम्मान पत्र दिएको थियो।
उक्त पूर्ण खोप घोषणा कार्यक्रममा सरोकारवाला सम्पूर्णको उपस्थिति रहेको थियो ।
