Sujang

दलित महिला संघ डोटीद्वारा एक सय पाँच  जनालाई राहत वितरण 

राज पार्की, डोटी: दलित महिला संघ (फेडो) डोटीले जिल्लाका ३ स्थानीय तहका एक सय पाँच जनालाई राहत वितरण गरेको छ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको -५ र ६ , शिखर नगरपालिकाको – ६ र ९ त्यसै गरी बडिकेदार गाउँपालिकाको वडा न १ र २ मा गरी एउटा पालिकाका ३५ जना गरी जम्मा एक सय पाँच  जनालाई वितरण गरेको हो ।
राहत सामग्रीमा ६० किलो चामल, ६ किलो दाल, एक सेट ग्याँस चुलो, रेगुलेटर, ग्याँस सिलिन्डर, ४ लिटर खाने तेल, दुई किलो लुगा धुने सर्फ, एक दर्जन नुहाउने साबुन, चार किलो चिनी, दुईप्याकेटआयोनून, खैरो चना दुई किलो, ६ पिस सेनिटरी प्याड पुनः प्रयोग गर्न मिल्ने_ प्राथमिक उपचार सामग्री वितरण गरिएको दलित महिला संघ (फेडो) डोटीका जिल्ला कार्यक्रम संयोजक शंकर विश्वकर्माले जानकारी दिए।
हाम्रो सहकार्य परियोजना अन्तरगत दलित महिला संघ (फेडो) र न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल) को संयुक्त साझेदारीमा डोटीका तिन वटा पालिकामा राहत वितरण गरेको दलित महिला संघ (फेडो) डोटीका अध्यक्ष सरिता दयालिले बताए ।
समाजमा विद्यमान विभेदकारी मूल्यमान्यता, प्रथा परम्पराहरूलाई समुदाय स्तरबाट नै सम्बोधन गर्दै लैङ्गिक समानता कायम गर्ने र अति नै विपन्न, जोखिममा रहेका र कोभिड महामारीका कारण अति नै आघातमा परेका वर्गहरूलाई वृहत् राहत सहयोग उपलब्ध गराउने, पैरवी समूहमा आबद्ध लक्षित वर्गहरूलाई जीविकोपार्जन तथा आयआर्जनका लागि सहयोग तथा सहजीकरण गरी सशक्त बनाउने उद्देश्य रहेको छ । यस परियोजनालाई आर्थिक तथा प्राविधिक सहयोग युएन वुमन नेपाल र फिनलैण्ड सरकार गरेको थियो ।
श्रीमान् अपाङ्ग भएका कारण दिनभरि भारी बोकेर घर परिवार पाल्नु पर्ने अवस्था भएकी दिपायल सिलगढी नगरपालिका वडा नं ६ कि प्रियका शोपले राहत पाउँदा आफू खुसी भएको बताए । राहतले गर्दा अब आफूले दैनिकी परिश्रम गरेको केही रकम बचत हुने अपेक्षा गरेको उनको भनाइ छ ।
यस्तै काम गरेर दैनिकी चलाउन खोज्दा काम नपाएका कारण आफ्नो दैनिकी गुजारा गर्न राहत पाउँदा आफू खुसी भएको शिखर नगरपालिका ९ कि लक्ष्मी भण्डारीले बताइन् । उनले भने, “काम गरेर दुई महिना पनि खान पुग्दैन, दिन भरि मजदुर गरेर साँझ २ सय रुपैयाँले चुलोमा आगो बाल्नु परेको छ ।”
संस्थाले गरिब र विपन्न परिवारको चुलो बाल्ने कार्य गरेकोले संस्थासँग सधैँ हातेमालो गरेर अगाडि बढ्ने शिखर नगर पालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए ।
राहत वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले राहतको सही ठाउँमा सदुपयोग गर्न र संस्थाले प्रभावकारी अनुगमन गर्न सुझाव दिए ।कार्यक्रम जिल्लाका सबै पालिकामा लागू गरी अझै यो कार्यक्रमलाई निरन्तरता दिन प्रमुख सिंहले आग्रह गरे ।
आफू र आफ्नो दुई छोरी अपाङ्ग भएका कारण काम गर्न नसक्ने भएकोले आफूलाई संस्थाले छनोट गरी सोचेको भन्दा बढी राहत दिएको हुँदा आफू एकदमै खुसी भएको बडिकेदार गाउँपालिका वडा नं २ कि गौरा आउँजीले बताइन । श्रीमानले गरेको कामले खान नपुग्ने भएकोले अब २/३ महिनाका लागि भए पनि खानको राहत दिएको संस्थालाई उनले धन्यवाद दिएकी छन् । अब श्रीमानले गरेको ३ महिनाको कमाइले  केही आय अर्जन गर्ने सोचेको उनले बताइन् ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.