Sujang

डोटीमा नि:शुल्क मुटु रोग परीक्षणमा तीन हजार आठ सय पचास जनाले सेवा लिए 

प्रकाश बम:डोटीमा नि:शुल्क रूपमा गरिएको मुटु परीक्षणमा तीन हजार आठ सय पचास जनाले सेवा लिएका छन् ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान, डोटी तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्र, काठमाडौँको आयोजनामा  तथा दिसिनपाको सहयोगमा जनचेतना तथा मुटु रोग शिविर सञ्चालन गरिएको हो।
जिल्लामा दुई दिन सञ्चालन गरिएको शिविरमा तीन हजार पाँच सय विद्यार्थी र जिल्ला अस्पतालमा परीक्षण गर्दा तीन सय पचास जनाको मुटु परीक्षण गरिएको डा. प्रेमराज वैद्य बताए ।
जिल्लाका १५ वटा सामुदायिक विद्यालयका तीन हजार पाँच सय विद्यार्थीहरूको  मुटु परीक्षण गरिएकोमा २३ जनामा बाथ मुटु रोग, ६ जनामा जन्म जात मुुटुराेग पत्ता लागेको डा. सत्यनारायण सुवालले बताए ।
जसमध्येमा बाथ मुटु रोगी ३ जना र जन्मजात मुटु रोगी ६  जनाको शल्यक्रिया गर्नु पर्ने भएकोले नेपाल हृदय रोग निवारण प्रतिष्ठानको समन्वयबाट निःशुल्क शल्यक्रिया गरिने  केन्द्रीय उपाध्यक्ष डा.सुवालले बताए ।
विद्यार्थीको मुटु परीक्षण पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालय, सिलगढीमा , सरस्वती आधारभूत विद्यालय, दिपायल, बाल मन्दिर आधारभूत विद्यालय सिलगढी लगायतका विद्यालयमा बालबालिकाको मुटु परीक्षण शिविर सञ्चालन गरिएको हृदय रोग निवारण प्रतिष्ठान डोटीकी संयोजक प्रसीस महराले जानकारी दिइन् । उनका अनुसार जिल्ला अस्पताल डोटीमा मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताइन्।
जिल्लामा अस्पतालमा नि:शुल्क मुटु रोग परीक्षणमा आएका  केही बिरामीलाई रक्तचाप मापन, ई.सी.जी., इकोकार्डियोग्राफि र औषधि समेत  वितरण गरिएको डाक्टर वैद्यले बताए ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानले डोटी बहुमुखी क्याम्पसको सभा हलमा सय जना भन्दा बढीको उपस्थितिमा मुटु रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन समेत गरिएको महराले बताइन् ।
जनचेतनामूलक कार्यक्रममा डा. प्रेमराज वैद्य र प्रा. डा. राम किशोर शाहले मुटु रोग रोकथाम र नियन्त्रण सम्बन्धी जानकारी दिएका थिए ।
जिल्लामा सञ्चालन गरिएको  शिविरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका  केन्द्रीय उपाध्यक्ष-डा. सत्यनारायण सुवाल, केन्द्रीय सह महासचिव–विष्णुराज नेपाल, प्रदेश संयोजक-डा. कृष्ण बोहरा, मुटु रोग विशेषज्ञ -डा. प्रेमराज वैद्य, डा. सुमन्त बन्जाडे, प्रा.डा.राम किशोर शाह, डा. आभूषण विक्रम महरा लगायतको सहभागिता रहेको थियो ।
जिल्लामा नि:शुल्क रूपमा गरिएको मुटु परीक्षणमा धेरैमा समस्या देखिएकाले शिविरका साथै जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिने जिल्ला संयोजक महराले बताइन्।
Salmuni
Leave A Reply

Your email address will not be published.