Sujang

धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि अवतरणमा दुई मिनेट ढिला

भदौ ३१ ,धनगढी-धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ ।

शुक्रबार दिउँसाे काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले जानकारी दिए । अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको जोशिले वताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.