Sujang

खप्तड-शैलेश्वरी खुल्ला म्याराथनमा विदेशी खेलाडी समेत सहभागी हुँदै

Ban
Krishi

डोटी :खप्तड-शैलेश्वरी (हाई अल्टिच्युट) खुल्ला म्याराथनमा विदेशी खेलाडी समेत सहभागी हुँदैछन् ।
आज खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारी भोलि जेष्ठ १७ गते हुने म्याराथन प्रतियोगितामा भाग लिन आएका दुई जना विदेशीलाई स्वागत तथा सम्मान गरिएको छ।
म्याराथन प्रतियोगितामा सहभागी हुन केन्या देशबाट आएका सिमोन किपलागै तु र इल्जा किपरुतो केमेइलाई आयोजकहरु सुदूपश्चिम खेलकुद परिषद, डोटी उद्योग वाणिज्य संघ र व्यवस्थापकका तर्फबाट भैरवप्रसाद गणका गणपति जन्मत बहादुर कार्कीले एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेका हुन् ।
खप्तडदेखी सिलगढीको शैलेश्वरी मन्दिरसम्म पुरुष म्याराथन ४२ किलोमीटर र झिग्रानादेखी सिलगढीको शैलेश्वरी मन्दिरसम्म महिला हाप म्याराथन २१ किलोमीटर दुरी रहने जनाइएको छ ।
पुरुष तर्फ प्रथम हुनेले १ लाख २५ हजार, दोस्रो हुनेले ८० हजार र तेस्रो हुनेले ५० हजार नगद तथा महिलातर्फ प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

म्याराथन प्रतियोगितामा १०० जना प्रतियोगी सहभागिता रहने बताइएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.