Sujang

डोटेली साहित्यको प्रबर्द्धन गर्न “डोटी महफिल” आयोजना हुने

डोटी :डोटेली साहित्य प्रतिष्ठानद्वारा डोटीको दिपायलमा पहिलो पटक “डोटी महफिल” कार्यक्रम आयोजना गरिने भएको छ ।

डोटेली साहित्यको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम जेष्ठ १३ गते शनिबार विहान ९ बजे घटाल होटल पिपल्ला वजारमा आयोजना हुने प्रतिष्ठानका सचिब सरिता कठायतले बताइन् ।

अमर खड्काको सहजिकरणमा हुने “डोटी महफिल” कार्यक्रममा जनक रसिक, तारा पल्लबी, तपेन्द्र घोडासैनी, गोपाल सुचिकार लगायत बिभिन्न कला तथा साहित्य क्षेत्रका ब्यक्तित्वहरुले आफ्नो रचना प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.