Sujang

पाठेघरको मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन

जेष्ठ  ७ ,डोटी -महिलाहरूको पाठेघर मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
दिसिनपाको आर्थिक सहयोग तथा नेपाल परिवार नियोजन संघ डोटी शाखाको आयोजना र दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिका – १ तिखा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको हो ।
कार्यक्रममाका प्रमुख अतिथि समेत रहेका दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्का ‘विजय’ले कार्यक्रममा बोल्दै स्वास्थ्य नै धन भएकाले सबैभन्दा पहिले नगर बासीको स्वास्थ्यमा नगरले विशेष ख्याल गर्ने बताए । निर्वाचनको बेला चुनावी घोषणा पत्रमा उल्लेख भएका एजेन्डा अनुसार विभिन्न क्षेत्रमा काम भइरहेको उनले बताए ।
 स्वास्थ्य शिविरबाट पत्ता लागेका रोगहरूलाई उपचार गर्न कन्जुस्याइँ नगर्न जोड दिँदै नगरका जनताको सुख दुःखमा आफू सधैँ रहने प्रतिबद्धता व्यक्त गरे।
शिविरले नगरपालिकाका विभिन्न वडामा आफूभित्र रहेको पाठेघरको रोगहरू लुकाइ बसेका महिला दिदी बहिनीहरूको शिविर बाट सहज तरिकाले रोग पत्ता लगाइ नि:सुल्क रूपमा अस्पताल सम्म पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरेको र शिविरमा पाठेघर खसेका महिलाहरूको उपचार तथा स्क्रीनिंग,परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा,पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धी जाँच,यौन रोगको उपचार तथा परामर्श सेवा,गर्भवती महिलाहरूको लागि भिडियो एक्स-रे सेवा महिलाहरूको जाँच तथा उपचार गरिने दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर खड्काले जानकारी दिए।
 शिविरमा सुजुङ्ग अस्पताल राजपुरमा कार्यरत डाक्टर चेतन अवस्थीकाे नेतृत्वमा नेपाल परिवार नियोजन संघडाेटीकि निम्ति प्रमुख कृष्णा साउँद,जिल्ला अस्पतालमा कार्यरत मिना बम र नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सम्झना पछाइ, राजेश मालासीकाे टिमले शिविरमा सेवा दिदैआएका छन् ।
शिविर ज्येष्ठ ७ गते तिखा स्वास्थ्य चौकी, ८ गते खातीवडा स्वास्थ्य चौकी , ९ गते नगर स्वास्थ्य केन्द्र बाफि, १० गते नगर स्वास्थ्य केन्द्र,नारी दाङ ११ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पाकरी ,१२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, बागठाटा र १४ गते कनेला स्वास्थ्य चौकीमा संचालमा रहने स्वास्थ्य शाखा प्रमुख खड्काले जानकारी दिए ।
महिलाहरूको पाठेघर मुखको क्यान्सरको परीक्षण तथा एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालनको अध्यक्षता नेपाल परिवार नियोजन संघ डोटीकी सभापति प्रेमा श्रेष्ठले गर्नु भएको थियो । शिविर उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्का,  कार्यपालिका सदस्य बाटूँ खड्का, नेपाल परिवार नियोजन संघ डोटीका उपाध्यक्ष रघु कठायत,  स्वास्थ्यमा आबद्ध व्यक्तित्व लगायतकाले उपस्थिति रहेको थियो।
Salmuni
Leave A Reply

Your email address will not be published.