

कृष्ण चन्द डोटी : डोटीमा अहिले पनि घाम अस्ताएसँगै कतिपय ठाउँमा नेटवर्क जाने समस्या रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
बुधबार सार्वजनिक सेवा प्रवाहमा दूरसञ्चार सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
डोटीका ग्रामीण क्षेत्रमा अहिले पनि बादल लाग्दा , घाम अस्ताउँदा आफ्नो स्थानीय तहका धेरै ठाउँमा नेटवर्कमा समस्या आउने गरेको बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वी चौकीगाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले नेटवर्कको समस्याले कहिलेकाहीँ त चेक काट्न सिलगढी आउनु पर्ने बाध्यता रहेको बताए । मुनाफा कमाउने संस्था सेवा ग्राहिको मर्म बुझेर तत्काल अगाडी वढ्नु पर्ने बताए ।
जोरायल गाउँपालिकाको वडा नम्बर -२ मा अहिले पनि घटना दर्ता,अनलाईन मार्फत हुने कामलागि पालिका आउनु पर्ने समस्या रहेको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् ।
नियमित नेटवर्क नहुँदा वडा तथा पालिकाबाट प्रदान गरिने सेवामा निक्कै समस्या हुने गरेको सायल गाउँपालिका उपाध्यक्ष निर्मला वलिले बताइन् ।
बिहान घाम लागेपछि मोबाईलम नेटवर्क देखाउने तर साँझ हुने बित्तिकै सूचनाबाट वञ्चित हुनुपर्ने अवस्था आएको बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्मरी विष्ट कललेले बताइन् ।
कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले अहिले पनि ग्रामीण क्षेत्रका आमनागरी सञ्चारको पहुँचमा पुग्न नसकेको गुनासो गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नको जवाफ दिँदै सहभागीले उठाएका समस्या समाधान जोड दिने नेपाल दूरसञ्चार प्राधिकरणका उप -निर्देशक सुनिल लामिछानेले बताए।
सी वसुश्रि टेक्नोलोजी प्रालीे मध्यपुर ठिमी -२ भक्तपुरको आयोजना तथा नेपाल दुर सञ्चार प्राधिकरण काठमाडौँको सहकार्यमा कार्यक्रम गरिएको हो।
काठमाडौँ बसेर नीति नियम बनाउँदा समस्या उत्पन्न भयो :सिंह
काठमाडौँ बसेर नीति नियम बनाउँदा समस्या उत्पन्न भएको जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण सिंहले बताए ।
सार्वजनिक सेवा प्रवाहमा दूरसञ्चार सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नितिनियम बनाउँदा सबै टाउको भुगल क्षेत्रको अध्ययन गरेर बनाउनु पर्ने बताए ।
अनुगमन , नियमन गर्ने कुरामा विशेष ध्यानदिनु पर्ने बताए ।सूचना सञ्चारको नाममा सर्वसाधारणबाट लुट्न नपाइने संयोजक सिंहले बताए । संस्थान संस्थाले सुधारको पाटोमा जोड दिनुपर्ने बताए । कमिसनको लोभले प्राविलाई अगाडि बढाउने बताए ।
