Sujang

स्थानीय सञ्चार माध्यम प्रवर्द्धन  कार्यविधिका बारेमा स्थानीय सरकार सँग छलफल

Ban
डोटी : नेपाल पत्रकार महासङ्घ डोटीले स्थानीय सञ्चार माध्यम प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ का सम्बन्धमा स्थानीय सरकारसँग छलफल गरेको छ । महासंघले मङ्गलवार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा जिल्लाका नौ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँग छलफल गरेको हो ।
महासंघले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्ने उद्देश्यसाथ डोटीका स्थानीय तहहरूका लागि मस्यौदा बनाएको हो ।
स्थानीय सञ्चारमाध्यमहरूको सङ्ख्यात्मक र गुणात्मक सुधार भई व्यावसायिक पत्रकारितामा बल पुर्‍याउने उद्देश्यका साथ कार्यविधि ल्याइएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए । स्थानीय सरकारहरूले पनि कार्यविधि कार्यान्वयन गर्न सहयोग गर्नेमा विश्वस्त रहेको अध्यक्ष शाहीले बताए।
यस कार्यविधिले असार मसान्तमा कामै नगरी अनधिकृत रूपमा भुक्तानी माग दाबी गर्ने प्रवृत्तिको अन्त्य गर्नुका साथै व्यक्तिगत सम्बन्ध, चाकडी, राजनैतिक आस्थाका आधारमा मिडियामाथि हुने विभेदको अन्त्य हुने समेत बताए  ।
त्यस्तै मिडियाका लागि विनियोजित बजेटको अधिंकास रकम जिल्ला बाहिरका मिडियालाई दिइने भुक्तानी पनि नियन्त्रणमा आउने समेत शाहीले बताए ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.