Sujang

वार्षिक समीक्षा बैठक तथा सातौँ जिल्ला सभा सम्पन्न

भदौ ३१, डोटी-वार्षिक समीक्षा बैठक तथा सातौँ जिल्ला सभा कार्यक्रम सम्पन्न भएको छ। बिहीबार डोटीको सिलगढीमा जिल्ला समन्वय समितिको आयोजनामा वार्षिक समीक्षा तथा सातौँ जिल्ला सभा कार्यक्रम सम्पन्न भएको हो ।
सातौँ जिल्ला सभामा जिल्ला समन्वय समिति र जिल्लाका आठ वटा स्थानीय तहले वार्षिक प्रगति प्रतिदेन तथा योजनाका बारेमा जानकारी प्रस्तुति राखेका थिए ।
जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवेदन तथा योजनाका बारेमा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले प्रस्तुत गरेका थिए ।
त्यस्तै दिपायल सिलगढी नगर पालिकाको वार्षिक प्रगति प्रतिवेदन तथा योजनाको प्रस्तुति प्रमुख प्रशासकीय अधिकृत शङ्कर सूचिकारले गरेका थिए । शिखर नगरपालिकाको प्रगति प्रतिदेन तथा योजनाको बारेमा प्रस्तुति प्रमुख प्रशासकीय अधिकृत परमानन्द शर्माले  गरेका थिए ।
त्यस्तै वोगटान फुड सिल गाउँपालिकाको वार्षिक प्रगति प्रतिवेदन तथा योजनाको बारेमा प्रस्तुति प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्दले प्रस्तुत गरेका थिए । आदर्श गाउँपालिकाको प्रगति तथा प्रतिदेन प्रमुख प्रशासकीय अधिकृत सुरत परियाले गरेका थिए । उता सायल गाउँपालिकाको वार्षिक प्रगति प्रतिवेदन तथा योजनाको बारेमा प्रस्तुति प्रमुख प्रसाशसिक अधिकृत कृष्ण भट्टले गरेका थिए ।
पुर्विचौकि गाउँपालिकाको वार्षिक प्रगति प्रतिवेदन तथा योजनाको बारेमा प्रस्तुति  नि. प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पाठक गरेका थिए ।
वडिकेदार गाउँपालिकाको वार्षिक प्रगति प्रतिवेदन तथा योजनाको बारेमा प्रस्तुति शिक्षा अधिकृत विवेक देउवाले प्रस्तुति गरेका थिए ।
जोरायल गाउँपालिकाको भने उक्त समीक्षा बैठक तथा सभामा आफ्नो प्रस्तुति राख्न सकेन ।
त्यस्तै अन्य जिल्लामा रहेका संघ संस्था तथा कार्यलयहरुलाई जिल्ला समन्वयको कार्यालयमा वार्षिक प्रगति प्रतिवेदन तथा योजना कार्य तालिका सहित बुझाउन जिल्ला समन्वय समितिका संयोजक सिंहले सबैलाई कार्यक्रममा जानकारी गराएका थिए ।
उक्त वार्षिक समीक्षा बैठक तथा सातौँ जिल्ला सभा कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस शिवलाल पाण्डेले वार्षिक प्रतिदेन तथा योजनालाई अझै गहन तरिकाले बनाउन आवश्यक रहेको बताएका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले प्रस्तुत गरेका वार्षिक प्रगति प्रतिवेदन तथा योजनालाई कार्यान्वयनमा जोड दिनु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिंह खड्काले जिल्लामा हुने यस्ता महत्त्वपूर्ण कार्यक्रममा सबैको चाँसो जानु पर्ने बताए । सङ्घीयतालाई थप मजवुद बनाउन सबै तह तप्काको उत्तिकै आवश्यकता रहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै पुर्विचौकि गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले जिल्लामा हुने कार्यक्रमलाई प्रभाकारी ढंगवाट सञ्चालन गर्न सके सबैलाई फाइदा हुने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका निवर्तमान समन्वय प्रमुख राम ऐरले जिल्ला समन्वय समितिलाई सबै स्थानीयले सहयोग गर्न अनुरोध गरे । समन्वय समितिमा बजेट अभावका कारण विगतमा धेरै काम गर्न नसकेको बताउँदै आगामी दिन वर्तमान समितिले यस्तो समस्या भोग्नु नपारोस् उनले बताए ।
जिल्ला सभा कार्यक्रमको सभा अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले गरेका थिए ।
उक्त कार्यक्रममा डोटीका स्थानीय तहका प्रमुख ,उप प्रमुख ,राजनीति दलका प्रमुख प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख ,पत्रकार लगायतको उपस्थिति रहको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.