Sujang

अत्तरियामा खाली गरियो अतिक्रमित वन क्षेत्र

Ban

धनगढीः कैलालीको अत्तरियामा अतिक्रमित वन क्षेत्र खाली गरिएको छ।

गोदावरी नगरपालिका अत्तरियास्थित चौकी डाडामा वन र सडक क्षेत्र अतिक्रमण गरे निर्माण गरिएका करिब दुई दर्जन घर टहरा वन कार्यालयले खाली गरेको हो। दुईवटा डोजरको सहायताले अतिक्रमित सबै घरटहरा खाली गरिएको छ। तीन वर्षदेखि जंगल किनारमा टहर निर्माण गरेर बस्दै आएकाहरुका घर टहरा भत्काएर पुरै क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालय धनगढीले बताएको छ।

वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गरिएको  छ। अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठुलो संख्या सुरक्षाकर्मी परिचालन समेत गरिएको थियो ।

सडक किनारमा वन क्षेत्रको जमिन ओगटेर घर टहरा निर्माण गरी बस्दै आएकाहरुले विरोध गरे पनि डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउन डोजर चलाएको हो। सो क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास थियो। भूमि नभएकालाई भूमिको व्यवस्था गरिदिनुपर्ने भन्दै उनीहरुले महेन्द्र राजमार्गको सडक किनारमा तीन वर्ष अघि नै बस्ती बसालेका थिए।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.