Sujang

सुदूरपश्चिममा विद्युतीय सवारी साधनको कर निर्धारण

Ban

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले विद्युतीय सवारी साधनको करमा हेरफेर तथा निर्धारणको तयारी गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको छ।

Krishi

संशोधन गर्न बनेको विधेयक अनुसार निजी विद्युतीय सवारी साधनको करको दर निर्धारण गर्न लागेको हो।

५०० वाटको मोटरसाइकल÷स्कुटीके १ हजार रुपैयाँदेखि १५०१ वाटमाथिका सवारीमा ३ हजार रुपैयाँ प्रस्ताव गरेको छ। कार, जिप, भ्यान, माइक्रो बस र बसको १० हजारदेखि ३० हजारसम्म निर्धारण गर्न लागेको हो।

त्यस्तै, सार्वजनिक विद्युतीय सवारी साधन अन्तरगत कार, जिप, भ्यान, माइक्रो बस र बसको २५ सयदेखि १५ हजारसम्म निर्धारणको लागि प्रदेश सभामा संशोधन विधेयक दर्ता गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।-दिनेश खवर

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.