Sujang

वडा स्तरीय बाल भेला सम्पन्न

गणेश मौनी ,सिलगढी :डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ र पुर्विचौकी गाउँपालिका १ को वडा स्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।
समान पहुँच विकास केन्द्र (सिड नेपाल) र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत वडा भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको थियो ।
 नेपाल सरकारको सात वटा चरणको योजना छनोट अन्तरगत बालबालिकाहरुको प्रत्यक्ष सरोकार राख्ने र बालबालिकाको हितको लागि आवश्यक बजेट विनियोजन गर्न माग राख्नको लागि कार्यक्रमको आयोजना गरिएको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताए।
कार्यक्रममा स्थानीय समुदायमा रहेका बालबालिकाका सवालहरूको पहिचान गरी प्राथमिक करण गर्ने ती सवालहरूको न्यूनीकरणका लागि कार्य योजना निर्माण गर्ने, विभिन्न क्रियाकलापहरूको विषयमा समूह कार्य गरी प्रस्तुतीकरण गरी बालबालिकाले चाहेको भावी असल समाजको परिकल्पना सहितको योजना निमार्ण गरिएको समेत परियोजना संयोजक जोशीले बताए ।
कार्यक्रममा योजना छनोटका चरण, प्रक्रिया र बालबालिका सँग सम्बन्धित योजनाहरूको बारेमा भेलामा छलफल भएका थिए । छलफल पश्चात् भेलाले तयार गरेका मागहरू वडा कार्यालयलाई समेत बुझाएका थिए ।
दुई दिन सम्म सञ्चालन भएको वडा भेला तथा योजना तर्जुमा कार्यक्रममा ५० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।
समान पहुँच विकास केन्द्र (सिड नेपाल) र वर्ल्ड भिजनको साझेदारीमा डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.