Sujang

डोटीका ३३ वडा सचिव विहिन

Ban
गणेश मौनी,डोटी :राज्यको पुर्नसंरचना भएको लामो समय बितिसक्दा पनि स्थानीय तहहरूमा कर्मचारीको अभाव टरेको छैन ।
डोटी जिल्लाका ६५ वटा वडामध्ये ३३ वटा वडामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । ६ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए । उनले भने ‘वडा सचिवहरू नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीहरूले सेवा दिइरहेका छन् ।’
 डोटीको सदरमुकाम समेत रहेको दिपायल सिलगढी नगरपालिका ४ वटा वडामा वडा सचिव छैनन् । ९ वडा रहेको नगरपालिकामा वडा नम्बर ५, ७, ८, ९ सचिवविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचिकारले सचिव नभएका वडाहरूमा पालिकाका प्राविधिक र करारका कर्मचारीहरूले सेवा दिइरहेको समेत बताए।
त्यस्तै, ११ वडा रहेको शिखर नगरपालिकामा पनि ४ वटा वडामा सचिव छैनन् । वडामा सचिव पद रिक्त हुँदा एउटै व्यक्तिले दुई वडा हेर्नु पर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बताए। घिमिरेका अनुसार वडा नम्बर वडामा १ र २ मा १ जना, ४ र ६ मा १ जना ५ र ७ मा १ जना र ८ र ९ मा १ जनाले हेरेर कामकाज सञ्चालन गरिरहेका बताए ।
बडीकेदार गाउँपालिकामा वडा संख्याका आधारमा सचिव छैनन् । ५ वडा रहेको यस गाउँपालिकामा ३ वटा वडा सचिवविहीन छन् । वडा नम्बर १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताए । वडा सचिव नभएका वडाहरूमा अन्य कर्मचारीहरूबाट कार्य सञ्चालन भइरहेको समेत उनले  जानकारी दिए ।
६ वडा रहेको जोरायल गाउँपालिकामा पनि २ वटा वडामा वडा सचिव छैनन् । वडा नम्बर ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज भट्टले जानकारी दिए । वडा सचिव नभएका वडाहरूमा अन्य कर्मचारीहरूबाट कार्य सञ्चालन भइरहेको समेत भट्टले बताए ।
बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडामा सचिव छैनन् । ७ वडा रहेको यस गाउँपालिकामा नम्बर ३ मा मात्र वडा सचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्दले बताए। वडा सचिव नभएका वडाहरूमा अन्य प्राविधिक र करारका कर्मचारीहरूले काम गरिरहेका समेत चन्दले बताए ।
त्यस्तै, ७ वडा रहेको केआई सिंह गाउँपालिकामा पनि २ वटा वडा सचिवविहीन छन् । वडा नम्बर १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए । वडा सचिव नभएका दुई वडामा सलेपा र आलेपले दैनिक कार्य सञ्चालन गरिरहेको समेत परियारले बताए।
पुर्विचौकी गाउँपालिकामा पनि आवश्यकता अनुसार वडा सचिवहरू छैनन् । ७ वडा रहेको यस पालिकाका ३ वटा वडामा सचिवको दरबन्दी रिक्त छ । सचिव नहुँदा वडा नम्बर ३ र ७ मा एक जनाले हेरिरहेका छन् भने २ र ६ मा वडा सचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीहरूले काम चलाइरहेका पालिकाले जनाएको छ ।
७ वडा रहेको आदर्श गाउँपालिकामा पनि ३ वटा वडा सचिवविहीन रहेका छन् । वडा नम्बर ३, ५ र ७ मा वडा सचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए । वडा सचिव नभएका वडाहरूमा प्राविधिक र अन्य कर्मचारीहरूले सेवा दिइरहेका समेत ओझाले जानकारी दिए ।
पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त रहेका दरबन्दी अनुसारका कर्मचारीहरू लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हिरालाल चौधरीले बताए। प्रदेशका ८८ वटा स्थानीय तहहरूमध्ये ३९,४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाई छ । कर्मचारी अभाव भए नभएको आफूहरू लाई थाहा नहुने भन्दै चौधरीले अगाडि भन्नु भयो ‘हामीले स्थानीय तहको माग अनुसार मात्र विज्ञापन खोल्ने गरेका छौँ ।’
वडा सचिव मात्र हैन, जिल्लाका स्थानीय तहहरूमा अन्य पदहरूमा पनि दरबन्दी अनुसारका कर्मचारी छैनन् ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.