Sujang

अतिरिक्त क्रियाकलाप सम्पन्न

भाद्र ,२९ डोटी – डोटीको शिखर नगर पालिका भित्रका विभिन्न बिद्यालयका विद्यार्थीहरुको सहभागीमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार सामुदायिक विकास केन्द्र डोटीको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत अतिरिक्त क्रियाकलाप कार्यक्रम गरिएको हो।

शिखर नगरपालिका – ४ शारदा माध्यमिक बिद्यालय भुडभरामा गरिएको अन्तर विद्यालय अत्तिरिक्त क्रियाकलापमा वडाका तीन विद्यालय शारदा माध्यमिक बिद्यालय, काफलेश्वर आधारभूत विद्यालय र पन्चोदय आधारभुत बिद्यालयका साथै वडा ६ मा रहेका सरस्वति माध्यमिक विद्यालय र वडा ५ बाट राधाकृष्ण माध्यामिक विद्यालय गरि पाँच वटा विद्यालयको सहभागीता रहेको थियो । पाँच वटा विद्यालय विच अंग्रेजी हिज्य, निवन्ध, वक्तित्वकला र हाजिरि जवाफ प्रतियोगीता संचालन गरिएको परियोजना अधिकृत एकराज बडुले जानकारी दिए ।

शारदा माध्यमिक बिद्यालयका प्रधानाध्यापक चन्द्रराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति शिखर नगरपालिका – ४ का वडा अध्यक्ष टेक बहादुर मल्ल रहेका थिए ।


यसै गरी राष्ट्रिय वाल दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिका वडा ८ मा रहेको सुना देवि माध्यमिक बिद्यालय र चौखान माध्यमिक विद्यालय तथा पुर्विचौकि गाँउपालिका – ७ पोखरीमा रहेका विद्यालयहरु मष्टामाण्डौ माध्यमिक बिद्यालय , भवानी आधाभुत विद्यालय र हनुमान आधारभुत विद्यालयमा पनि र्‍याली , हाजीरी जवाफ, निवन्ध , लोक गित तथा सडक नाटक प्रर्दशन गरिएको जनाएको छ। विद्यालयमा रहेका बालबालिकाहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरीएको परियोजना अधिकृत बडुले जानकारी दिए ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.