कैलाली :नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति एवं संघिय सांसद वीर बहादुर बलायरले देशमा काँग्रेस विनाको विकल्प नरहेको बताएका छन् ।
आइतबार नेपाली काँग्रेस गोदावरी नगरपालिका वडा नं १० को वडा सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । देशको मुलप्रवाहवाट काँग्रेस साइड लागेमा देशको परिस्थिति ठिक नहुने कुरा अवगत गराउँदै बलायरले भने – ‘ काँग्रेस बचाउन टोल, वडा देखि नै सबैले लाग्नु पर्दछ ।’
तपाइले दिएको मत मेरो तागत भएको कुरा बताउँदै बलायरले भने – ‘विकास निर्माणका लागि आफू सधैँ लागिरहनेछु ।’
सुदूरपश्चिमका वारेमा राज्यलाई जानकारी गराउन सके मात्र राजनीति गराइको अर्थ रहने बताउँदै उनले भने- ‘ आफूले गरेको कामको तपाइहरूले निरन्तर मूल्याङ्कन गर्नु हुनेछ ।’ सम्मेलनमा नेता कार्यकर्ताले विकास निर्माण र पार्टीको सङ्गठनका बारेमा चिन्ता अपेक्षा गरेका थिए ।