Sujang

डोटी तेक्वान्दो संघको अध्यक्षमा कठायत चयन

Ban
गणेश मौनी,सिलगढी : डोटी जिल्ला तेक्वान्दो संघ डोटीको अध्यक्षमा अनिलकुमार कठायत चयन भएका छन् ।
शनिवार डोटीमा भएको भेलाले कठायतको अध्यक्षता सात सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
Krishi
समितिको उपाध्यक्षमा दीपेन्द्र खड्का, सचिवमा खडक सिंह ऐर र कोषाध्यक्षमा खगेन्द्र रोकाया चयन भएका छन् । त्यस्तै सदस्यमा नवराज बिक, शंकर कठायत र दलबहादुर रावल चयन भएका हुन ।
निवर्तमान अध्यक्ष रोशन कठायतको अध्यक्षता भएको भेलामा सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका सचिव श्रीराम चौधरी, डोटी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रकाश बहादुर शाही, एपिएफ तेक्वान्दो कोच मोतीलाल लामा, सुप प्रदेश खेलकुद परिषद्का सदस्य चित्र भट्ट, दिपायल राजपुर डोजाङ्गका कोच खड्क सिंह लगायतको सहभागिता रहेको थियो ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.