Sujang

डोटीमा बास र निगालोबाट विभिन्न सामाग्री बनाइँदै

गणेश मौनी :डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडिमा बास तथा निगालो बाट विभिन्न सामाग्री निमार्ण गरिन लागिएको छ ।

युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटी द्वारा सञ्चालित  दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न मानिसहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामाग्री निमार्ण गर्ने सीप विकास तालिम चैत्र महिनाको २७ गते देखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करन बहादुर विष्टले बताए ।

विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीहरूले बास र निगालो बाट अहिले मुडा, कलम राख्ने, सामाग्री राख्न मिल्ने डाला लगायतका सामाग्रीहरू निमार्ण गरिरहेका र अन्य सामाग्री विभिन्न सामाग्री निमार्ण कार्य सिकिरहेका समेत सब इन्जिनियर करन बहादुर विष्टले बताए ।

स्थानीय स्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री निमार्ण गर्न सके दैनिक जीवन निबार्हका साथै आयआर्जनमा सहजता हुने तालिमका सहभागीहरूले बताएका छन् ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडिमा सञ्चालन भएको सिपमूलक तालिमबाट सिपमूलक दक्ष जनशक्ति उत्पादन हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । गाउँपालिकाभित्र जोकोही व्यक्ति सिप सिकेर स्थानीय स्तरमा व्यवसायी गर्छु सुरुवात गर्छ भने त्यस्ता व्यक्तिहरूलाई पालिकाले पनि सहयोग गर्ने समेत अध्यक्ष गड्सिलाले बताए ।

४५ दिन सम्म सञ्चालन हुने सिप मुलुक तालिममा बोगटान फुड्सिल गाउँपालिका वडा न १ र ४ का ११ जना सहभागी रहेको आयोजकले जनाएको छ ।

तालिममा एक जना दक्ष प्राविधिकले सहजीकरण गरिरहेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.