Sujang

डोटीको आदर्शमा तीस जनालाई निःशुल्क कम्प्युटर तालिम

डोटी : डोटीमा तीस जनालाई निःशुल्क आधारभूत तहको कम्प्युटर तालिमको शुभारम्भ गरिएको छ।

जिल्लाको आदर्श गाउँपालिकाका तीस जनालाई निःशुल्क आधारभूत तहको कम्प्युटर तालिमको शुक्रबार शुभारम्भ गरिएको गरिएको हो।

आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायले तालिमको शुभारम्भ गरेकी हुन् ।

मानवीय सेवामा अनेकौँ प्रयास संस्था कैलालीको आर्थिक सहयोग तथा आदर्श गाउँपालिकाको सहकार्यमा तालीमको आयोजना गरिएको हो।

समय सापेक्ष अहिलेको प्रविधि युक्त समयमा दक्षता र विकासको आवश्यकतालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगमा सबैको पहुँच पुर्‍याउन तालीमको आयोजना गरिएको उपाध्यक्ष रोकायले बताइन् ।
उनले भनिन् ,´कम्प्युटरको ज्ञान भएका अहिले पनि धेरै कम छन् ।यस्ता तालीमले जनशक्तिको विकासमा मदत पुग्दछ। तीन महिनाको तालिममा सहभागीहरूलाई समय दिएर सिक्न अनुरोध छ।`

अहिलेको समयमा अति आवश्यक रूपमा कम्प्युटरको ज्ञानलाई लिने गरेको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए । अहिले कम्प्युटरको ज्ञान नभई कुनै पनि क्षेत्रमा अधुरो रहने गरेको हुँदा संस्थाले यस्ता तालिमको आयोजना गर्दै आएको उनले बताए ।

तीन महिनासम्म सञ्चालन हुने बेसिक तहको कम्प्युटरको तालीमको प्रशिक्षक कवीन्द्र रोकाय गर्ने भएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.