
डोटी :डोटीमा ८७ जना महिलालाई मातृशिषु आहार वितरण गरिएको छ । बिहीबार पुर्वीचौकी गाउँपालिका -५ काडामाण्डाैकामा मातृशिषु आहार वितरण गरेको हो ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले ८७ जना १२ महिना सम्मका बच्चाहरूका आमाहरूलाई सामाग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा बस्ने आमा र बच्चाहरूको स्वास्थ्य विकासमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको जोशीले बताए ।
उनले भने,´अहिले बालबालिका भविष्यका कर्णधार हुन् । आमा र बच्चाको स्वास्थ्यको राम्रोसँग ख्याल गर्नुहोस् । वितरण गरिएको सामग्रीको सही सदुपयोग गर्न अनुरोध गरे ।`
वितरण कार्यक्रममा बोल्दै पुर्बीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले मातृशिषु आहार वितरण कार्यक्रम आमा र बच्चालाई ठुलो राहत पुग्ने बताए ।
उनले भने ,´संस्थाले कोभिडको समयमा उद्धार देखि राहत वितरणमा ठुलो सहयोग गरेको छ। संस्थाले विगत देखि पालिकामा गरिएको कार्यको प्रशंसा गरे।`
आगामी दिनमा पनि प्रतक्षरुपमा स्थानीय सम्म राहत पुग्ने तथा जीविकोपार्जनका कार्यक्रमलाई निरन्तरता दिन उपाध्यायले जोड दिए।