डोटी :अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला संयोजकमा गीता नेपाली र सचिवमा बिपना डाँगी चयन भएका छन् ।
सिलगढीमा सम्पन्न भएको पाँचौँ जिल्ला भेलाबाट ७५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको जिल्ला संयोजक गीता नेपालीले जानकारी दिइन ।
जिल्ला भेलाले जिल्ला समन्वय समिति गठन गर्नुका साथै प्रदेश प्रतिनिधिहरू समेत चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष देवकी मल्लले क्रान्तिकारी बिचार भएका महिलाहरूले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरेको परिणाम अहिलेको उपलब्धि भएको बताइन् ।
कार्यक्रममा जिल्ला भरिका अखिल नेपाल महिला संघमा आबद्ध महिलाहरूको उपस्थिति रहेको थियो ।