Sujang

डोटीको आदर्शमा स्वास्थ्य इकाई र बर्थिङ सेन्टरको उद्घाटन

गणेश मौनी , :डोटीको आदर्श गाउँपालिकामा बर्थिङ सेन्टर र सामुदायिक स्वास्थ्य इकाईको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
आदर्श गाउँपालिका वडा नम्बर ३ काडि गाउँमा बर्थिङ सेन्टर र वडा नं. ४ को डोकट गाउँमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायाले उद्घाटन गरेकी हुन् ।
आम नागरिकलाई सहज र सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपभोग गर्न सहजता होस भन्ने हेतुले आवश्यकताको आधारमा स्वास्थ्य इकाई र बर्थिङ सेन्टरको स्थापना गरिएको उपाध्यक्ष रोकायाले बताइन् । उनले भनिन् गाउँघर नजिक स्वास्थ्य संस्था नहुँदा यहाँका मानिसहरूले सेवा लिन ३,४ घण्टा लगाएर मौवा जानुपर्ने बाध्यता रहेको थियो अब त्यो समस्या हट्छ आफ्नो गाउँघरमा स्वास्थ्य सेवा पाउँछन् ।
उद्घाटन गरिएका स्वास्थ्य संस्थाहरूमा दक्ष, तालिम प्राप्त, बर्थिङ सेन्टरको लागि एसपिए तालिम प्राप्त स्वास्थ्य कर्मीको व्यवस्था गरिएको आदर्श गाउँपालिका स्वास्थ्य शाखा संयोजक बमबहादुर खड्काले बताए ।
स्वास्थ्य संस्था उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष,वडा सदस्य, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयम सेविका, स्थानीयको सहभागिता रहेको पालिकाले जनाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.