Sujang

जन्मदिनको अवसरमा बृद्धाआश्रममा खाद्यान्न सहयोग

Ban
गणेश मौनी ,डोटी :करदाता सेवा कार्यालय डोटीका प्रमुख विनोद महताले आफ्नो जन्मदिनको अवसरमा मङ्गलवार बृद्धाआश्रममा गएर खाद्यान्न सहयोग गरेका छन् ।
कार्यालय प्रमुख महताले डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको बृद्धाआश्रममा गएर चामल, दाल, तेल, फलफूल, पीठो लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको पूज्य धर्मान्तक वृद्धा आश्रम सिलगढीका अध्यक्ष दिनेश रोकायाले बताए ।
२०७५ सालमा स्थापना भएको बृद्धाआश्रममा सुरुसुरुमा करिब एक दर्जन बराबर बृद्धबृद्धाहरुको संख्या रहेपनी केहीको मृत्यु र केही घरतिर फर्के पश्चात् हाल २ जना वृद्धाहरू रहेका छन् ।
उनीहरूको पालन पोषण औषधी उपचार सम्पूर्ण व्यवस्थापन बृद्धाआश्रमले गरिरहेको जनाएको छ ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.