Sujang

तरुण दल डोटीद्वारा  सङ्गठन सुदृढीकरण अभियान

Ban
गणेश मौनी, डोटी:नेपाल तरुण दल डोटीले सङ्गठन बिस्तार तथा सुदृढीकरणको अभियानलाई तीव्रता दिएको छ ।
वडा स्तरमा रहेका वडा कमिटीको अवस्था, भातृ सङ्गठनको अवस्था, टोलको अवस्थाको बारेमा जानकारी लिनका साथै स्थानीय सरकारसँगको समन्वयलाई बढाउन अभियानलाई अभियान तय गरेको नेपाल तरण दल जिल्ला कार्य समिति सदस्य रोशन कोलीले बताए ।
Krishi
पार्टीको सङ्गठन सुधार गरी स्थानीय सरकारलाई बलियो बनाउन आगामी दिनको लागि सुझाव संकलन कार्यलाई समेत जोड दिइएको सदस्य कोलीले बताए ।
अभियान अन्तर्गत आज बोगटान फुड्सिल गाउँपालिकामा भेटघाट तथा नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको छ भने भोलि बडीकेदार गाउँपालिकामा कार्यक्रमको आयोजना हुने तरुण दल डोटीले जनाएको छ । अभियानलाई जिल्लाका सबै पालिकामा सञ्चालन गरिने तरुण दल डोटीले जनाएको छ ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.