Sujang

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शिखरनपाद्वारा नयाँ अभ्यासको सुरुवात

गणेश मौनी ,चैत्र २८: डोटीको शिखर नगरपालिकाले पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नयाँ अभ्यासको सुरुवात गरेको छ ।
विद्यालयको आधारभूत तहको वास्तविक शिक्षण सिकाइको गुणस्तर तथा सिकाई दर मापन गर्नको लागि नगरपालिकाले कक्षा ८ लाई माध्यामीक शिक्षा परीक्षा(एसइई)को प्रक्रिया जस्तै परीक्षा सञ्चालन गरी नतिजा मापन गरेको शिखर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर कार्कीले बताए ।
उनले भने हाम्रो विद्यालयहरूमा शिक्षाको वास्तविक गुणस्तर कस्तो छ आगामी दिनमा गुणस्तर अभिवृद्धि गर्न सहजता होस भन्ने हेतुले माध्यामीक शिक्षा परीक्षाको विधि जस्तै प्रक्रिया अपनाएर कक्षा ८ को परीक्षा सञ्चालन देखि नतिजा सार्वजनिक गरेको बताए।
कक्षा ८ को परीक्षा सञ्चालन गर्दा प्रश्न पत्र निमार्ण, परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष परीक्षा निरीक्षक, सहायक निरीक्षण निर्धारण, उत्तर पुस्तिका निमार्ण देखि छुट्टै परिरक्षण लगायतका सम्पूर्ण कार्य एसइई परीक्षा सञ्चालन विधिजस्तै सञ्चालन गरिएको समेत बताए । कक्षा ८ को परीक्षा यस्तो प्रक्रियाबाट सञ्चालन हुन्छ भने सम्पूर्ण बिद्यालयहरुलाई आर्थिक वर्षको सुरुवातमा नै जानकारी गराएको समेत शाखा प्रमुख कार्कीले बताए ।
पालिकाले नयाँ विधिको सुरुवात गर्दा सुरु सुरुमा धेरै विद्यालयका बिद्यार्थिहरु अनुत्तीर्ण हुने संख्या बढ्दो मात्रामा देखिए पनि पछिल्लो समयका लागि सहयोग पुग्ने समेत शाखा प्रमुख कार्कीले बताए ।
नगरपालिकाको शिक्षा क्षेत्रमा परिवर्तन गर्न शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि पालिकाले नयाँ अभ्यासको सुरुवात गरेको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए ।
उनले भने हामीले यस वर्ष कक्षा ८ बाट सुरुवात गरेका छौ आगामी वर्षहरूमा अन्य कक्षामा पनि यस्तै विधि प्रक्रिया अपनाएर परीक्षा प्रणाली सञ्चालन गर्नेछौ, शैक्षिक सत्र सुरुवात देखि नै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने समेत बताए ।
वैशाख महिनामा नगरपालिकाभित्र रहेका शैक्षिक संस्थाहरूको अध्ययन गर्ने, अभिभावकहरू सँग बृहत् भेला, शिक्षकहरूलाई अभिमुखीकरण लगाएका विभिन्न कार्यक्रमहरू शैक्षिक सत्रको सुरुवात देखि नै सञ्चालन गरिने कार्यक्रम रहेकोसमेत नगर प्रमुख बलायरले बताए ।
अभिभावकहरूले आफ्ना छोराछोरीहरुहरुको पढाई प्रति ध्यान नदिनु, जनक शिक्षा सामाग्री केन्द्रले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्नु लगायतका केही कारणहरूले पनि पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्किने गरेको समेत नगर प्रमुख बलायरले बताए।
यही चैत्र ५ गते देखि १३ गतेसम्म सञ्चालित गरेको नगर स्तरीय आधारभूत तह स्तरीय परीक्षा अन्तरगत कक्षा ८ मा ७ सय ८९ जना बालबालिकाहरू सहभागी रहेका थिए ।  जस मध्य परीक्षाको सम्पूर्ण प्रक्रिया पश्चात् ३ सय४१ जना ४३.२ प्रतिशत उत्तीर्ण भएका छन् ।  त्यस्तै २ सय ५४ जना ३२.२ प्रतिशत पूरक दिन पाउने भएका छन् भने १सय ९४ जना २४.६ प्रतिशत अनुत्तीर्ण भएका शिक्षा शाखाले जनाएको छ ।
२८ वटा विद्यालयका बिद्यार्थिहरुको सहभागी रहेको नगर स्तरीय  कक्षा ८ को परीक्षामा केही विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर रहेको देखिएको छ । कमजोर विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पालिकाले शैक्षिक सत्रको सुरुवात देखि नै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ ।
कक्षा ८ को परीक्षालाई माध्यामीक शिक्षा परीक्षाको विधि प्रक्रिया अनुसार जस्तै गरी परीक्षा सञ्चालन गर्ने सुदूरको यो पहिलो पालिका रहेको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.