Sujang

अभिमुखीकरण कार्यक्रम सम्पन्न

Ban
गणेश मौनी :क्षयरोगको लक्षण तथा चिन्ह सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडामा सोमबार सम्पन्न भएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाको सहयोग तथा गगुडा स्वास्थ्य चौकीको आयोजनामा महिला स्वास्थ्य स्वयम् सेविका ,स्थानीय धामी झाँक्री, समाजसेवी तथा स्वास्थ्य कर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
वडा स्तरमा क्षयरोगका बिरामीहरू पत्ता लगाई क्षयरोगको अन्त्य गर्नको लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको गगुडा स्वास्थ्य चौकी डोटीका सी अहेव तथा क्षयरोग फोकल पर्सन शिशिर बोगटीले बताए ।कार्यक्रममा १४ जना टी बि मुक्त सामुदायिक स्वयंसेवक छनोट गरी समुदाय मा रहेका सम्भावित क्षयरोगी को खकार संकलन गरी प्रयोगशालामा पठाइने समेत बोगटीले बताए ।
आर्थिक वर्ष २०७६÷०७७ देखि २०७९÷८० सम्म  वडा नम्बर ६ मा जम्मा १२ जना क्षयरोगीहरू मध्य ११ जनालाई निको हुनुका साथै १ जनाको मृत्यु भएको स्वास्थ्य संस्थाले जनाएको छ ।
बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर बोगटीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा त्रिशूली प्लस का प्रतिनिधि, बोगटान फुड्सिल गाउँपालिकाका ल्याब असिस्टेन्ट लगायत १८ जनाको सहभागी रहेका थियो । कार्यक्रमको सहजीकरण शिशिर बोगटी र हेम बोगटीले गरेका थिए ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.