डोटी : पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपाल डोटीले शुक्रबार अनिश्चितकालीन ताला लगाएको हो ।
युवा संघका जिल्ला अध्यक्ष सचिव राहुल बोहरा र एमालेका गाउँपालिका कमिटी अध्यक्ष टेक बहादुर बोगटीको नेतृत्वमा तालाबन्दी गरिएको हो । राष्ट्रिय युवा संघ र नेकपा एमालेले १४ बुँदे मागसहितको विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ ।