Sujang

अत्तरिया–धनगढी ६ लेन सडकमा बिरुवा रोप्नका लागि २ लाख सहयोग

अत्तरिया : सिदार्थ बैंक अत्तरिया शाखाले प्लानेट ग्रिन नेपाल संस्थालाई २ लाख सहयोग गरेको छ । अत्तरिया–धनगढी ६ लेन सडकमा बिरुवा रोप्नका लागि सहयोग स्वरुप बैंकले प्लानेट ग्रिन नेपाललाई २ लाख रकम सहयोग गरेको हो ।

उक्त रकम एक कार्यक्रमका बीच बैंकको अत्तरिया शाखाका प्रमुख धर्मराज ओझाले प्लानेट ग्रिन नेपालका अध्यक्ष पुष्कर जोशी शर्मालाई हस्तान्तरण गरेका हुन् ।

बैंकका शाखा प्रमुख ओझाले साखाले सामाजिक उत्तरदायित्व अन्तरगत मोहना अत्तरिया ६ लेन सडकमा भइरहेको वृक्षारोपण कार्यक्रमलाई सहयोग पुगोस् भनेर सहयोग गरिएको बताए । संस्थाका अध्यक्ष जोशीले उक्त सहयोग रकमबाट वृक्षारोपण अभियानमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले हालसम्म मोहना अत्तरिया ६ लेन सडकमा बृक्षारोपण गर्नका लागि २८ लाख खर्च भएकोमा ११ लाख मात्रै संकलन भएको बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.