Sujang

न्यु मिडिया सम्बन्धी प्रशिक्षण तालिम सम्पन्न

Ban
Krishi
दिपायल – न्यु मिडिया सम्बन्धी दुई दिने क्षमता विकास तालिम दिपायलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको आयोजनामा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका मिडियासँग आबद्ध पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा सञ्चार माध्यममा भइरहेका नयाँ प्रयोग, प्रविधिको प्रयोगबारे जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको थियो ।
उक्त तालिमको प्रशिक्षक उज्ज्वल आचार्य र मनमोहन स्वाँरले गरेका थिए । समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंग डोटी शाखा अध्यक्ष मोहन शाहीले तालिम तथा सीप ज्ञानको अभावले पत्रकारहरूले क्षमता प्रस्तुत गर्न नसकेको बताए ।
यस्ता किसिमका तालिम तथा प्रशिक्षणमा न्यु मिडियालाई प्रभाकारी बनाउन सहयोग पुग्ने उनले बताए ।
समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले न्यु मिडियासम्बन्धी ज्ञान सीप सबै पत्रकारका लागि आवश्यक रहेको बताए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न अध्यक्ष रावलले सुझाव दिए ।
अध्यक्ष रावले भने,‘ न्यु मिडिया सम्बन्धी सबैलाई ज्ञान हुन आवश्यक छ । पछिल्लो समय न्यु मिडियाको सङ्ख्या बढेकाले यसको व्यवस्थापन तथा प्रभाकारी बनाउनमा सबैले जोड दिनु पर्ने छ । महासंघले सुदूर पश्चिमका विभिन्न जिल्लामा पत्रकारहरूका लागि क्षमता विकासका तालिम निरन्तर दिई रहेका छौँ ।’
महासंघले सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा  तालिम सञ्चालन गरेको महासचिव रामसिंह ठगुन्नाले बताए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.