Sujang

नगर प्रमुख खड्का र विद्यार्थी बीच अन्तरक्रिया

भदौ २७ ,गते डोटी – शैक्षिक सुधारका बारेमा नगर प्रमुख र विद्यार्थी बीच अन्तक्रिया कार्यक्रम भएको छ।

सोमबार सिलगढी स्थीत भागरति एकेडेमीका विद्यार्थी र दिपायल सिलगढी नगरपालीकाका नगर प्रमुख वाजी सिं खड्का (विजय), नगर उप प्रमुख कल्पना महर साउँद बिच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तक्रिया कार्यक्रममा विद्यार्थीहरूका गुनासा सुन्दै, शिक्षाको विषयलाई लिएर भावी योजनाको विषयमा नगर प्रमुखले सहभागी शिक्षक र विद्यार्थीहरूलाई प्रष्ट पारेका थिए ।

एक शिक्षकले विद्यार्थीलाई कसरी पढाइ प्रति आकर्षित गराउने, विद्यार्थी प्रति शिक्षकको असल सम्बन्ध र भूमिकाको विषयमा भनाई राखेका नगर प्रमुख स्वकीय सचिव नरेश खड्काले बताए ।

दुई घण्टा सम्म चलेको अन्तरक्रिया कार्यक्रममा शिक्षाको विकासका लागी आफु जहिले पनि अग्रसर रहेको बताएको प्रिन्सिपल हेमराज मलासीले जानकारी दिए।

Salmuni
Leave A Reply

Your email address will not be published.