

गणेश मौनी,डोटी :सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताले एक दिने निशुल्क स्वास्थ्य शिबीरको आयोजना गरेको छ ।
अस्पतालले जिल्ला प्रहरी कार्यालय अछाममा नि:शुल्क स्वास्थ्य शिबीरको आयोजना गरेको सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलकी प्रमुख प्रहरी नायब उपरीक्षक स्त्रीरोग विशेषज्ञ डा.सबिता सिंहले बताईन् ।
प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य परिक्षणमा सहजता होस भन्ने हेतुले निशुल्क स्वास्थ्य शिबीरको आयोजना गरेको डा.सिंहले बताईन् ।
निशुल्क स्वास्थ्य शिबीरबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी, प्रहरीका परिवार, सर्बसाधारण, थुनुवा कैदी गरि ८० जनाले सेवा लिएको अस्पतालले जनाएको छ । शिबीरमा स्त्री रोग सम्बन्धी चेकजाँच, प्रसूति सेवा, सामान्य चेकजाँच, रगत पिसाब चेकजाँच गर्नुका साथै निशुल्क रुपमा औषघी तथा परामर्श सेवा दिईएको समेत अस्पतालले जनाएको छ ।
दिपायल स्थित सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालले बहालवाला नेपाल प्रहरी र भूपू प्रहरीहरूलाई मात्र नभई आम सर्वसाधारणले पनि सहज रूपमा सेवा लिन पाउने व्यवस्था रहेको छ । अस्पतालमा बिहान ९ बजे देखि ३ बजेसम्म ओपिडी सेवा चल्ने गर्छ भने आकस्मिक सेवा २४ घण्टा खुल्ला रहेको हुन्छ ।
अस्पतालले ओपिडी सेवा सामान्य रोगको चेकजाँच, सर्जन सेवाको लागि परामर्श ,ल्याब सेवा, फिँजियो थेरापी सेवा पनि उपलब्ध गराउँदै आएको छ
